१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘खोली तिरैमा’ सार्वजनिक

<br>

 संगीतकार तथा गायक राजनराज शिवाकोटी र गायिका मेलिना राईको स्वर रहेको  ‘खोली तिरैमा’ गीत सार्वजनिक भएको छ। गीतमा क्यानाडामा बस्दै आएका गीतकार विनोद सुवेदीको शब्द छ।

गीतको भिडियोमा रमेश विश्वकर्मा र करिश्मा केसीले अभिनय गरेका छन्। यी दुवै कलाकारको यो पहिलो सहकार्य हो। रमेश यसअघि धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने करिश्माको लागि यो डेब्यू भिडियो हो।

दोलालघाटमा छायांकन गरिएको भिडियोमा राजुजंग बस्नेतको निर्देशन र सम्पादन छ। भिडियोमा आभेश बज्राचार्यको छायांकन, केबिका खत्रीको कोरियोग्राफी र कृष्णमान तामाङको कला निर्देशन छ।

भिडियो विनोद सुवेदीको अफिसियल युट्युब च्यानल विनोद सुवेदीबाट सार्वजनिक गरिएको छ।

प्रकाशित: २९ वैशाख २०८२ १३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App