‘नोबेल साकोस साहित्यिक’ संस्था विराटनगर शाखाले आफ्नो मासिक कार्यक्रम सम्पन्न गरेको छ। विराटनगरस्थित दाहाल प्रतिष्ठानको सभाहलमा कार्यक्रम गरेर आफ्नो मासिक रचना वाचन तथा सम्मान कार्यक्रम गरेको हो।
विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा अनुसन्धान केन्द्रका अध्यक्ष एवम् वैज्ञानिक महावीर पुन, अग्रज स्रष्टा बलराम पोखरेल, प्राज्ञ खेम नेपाली, मुक्तक प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेल, झोराहाट नाट्य समूहका अध्यक्ष एवम् कवि भरत गुरागाईं बरबरिक, लेखक तथा अनुसन्धाता केशु विरही, छन्द बाटिकाका अध्यक्ष हरि कट्टेल लगायतका उपस्थिति रहेको थियो।
कार्यक्रममा भवानीप्रसाद पोखरेल, उमानाथ भट्टराई, गोपाल निर्भीक, शिवप्रसाद पण्डित सिङ्गल, नवराज पोखरेल नवशिला, भूपाल अधिकारी, हरिप्रसाद बराल, प्रिन्स प्रमोद ढकाल, नानुमैया दाहाल, लगायतले रचना वाचन गरेका थिए।
कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महवीर पुनलाई सम्मान गरिएको थियो।
संस्थाका अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव सुजता राईको रहेको थियो।
प्रकाशित: २३ वैशाख २०८२ १३:३७ मंगलबार





