१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

'द भोइस अफ नेपाल ६' को उपाधि प्रोसेस पाण्डेलाई

द भोइस अफ नेपाल सिजन ६ को उपाधि प्रोसेस पाण्डेले हात पारेका छन्। शुक्रबार (आज) राति काठमाडौंमा भएको ग्र्यान्ड फिनालेमार्फत पाण्डे विजेता घोषित भएका हुन्।

उनी कोच खेम सेन्चुरीबाट प्रतिनिधित्व गरेर टप ४ फाइनलिस्ट बनेका थिए। उनी निकटतम् प्रतिस्पर्धीहरू रोशन राई, प्रमेश राई र अर्पणा आचार्यलाई पछि पार्दै भोइस अफ नेपाल बनेका हुन्।

विजेता घोषित भएपछि पाण्डेले खुसी व्यक्त गरेर फरक क्षमताका व्यक्तिले पनि केही गर्न सक्छन् भन्ने पुष्टि भएको प्रतिक्रिया दिए। पाण्डे फरक क्षमताका व्यक्ति (गायक) हुन्, उनी आाखा देख्न सक्दैनन्।

प्रकाशित: १९ वैशाख २०८२ २२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App