१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

को हुन् 'जार' की अभिनेत्री गीताञ्जली थापा ?

नेपाली कथानक चलचित्र 'जार' वैशाख २६ गते रिलिज हुँदैछ ।

सामाजिक विषयवस्तुमा आधारित रहेर बनेको चलचित्रमा चलचित्र 'जार' मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।

चलचित्रमार्फत अभिनेत्री गिताञ्जली देखिँदा उनी नेपाली दर्शकका लागि फ्रेस अनुहार हुनभन्दा हुनेछ । किनकी 'जार' मा उनी देखिँदा दर्शकले नयाँ कलाकारको अभिनय देख्न पाउनेछन् । अर्थात् 'जार' मा एउटै नायिका दोहोरिरने अवस्था दर्शकले देख्नुपर्ने छैन ।

गीताञ्जली थापा नेपाली सिनेमाका लागि दोहोरिरहेको नाम नभए पनि उनी उम्दा कलाकार हुन् । नेपालमा मात्रै होइन बलिउडमा पनि आफूलाई अब्बल प्रमाणित गरिसकेकी कलाकार हुन् ।

भारमा उम्दा कलाकार मात्रै होइन उनी राष्ट्रिय अवार्ड विनर आर्टिस्ट पनि हुन् । गीताञ्जली 'लायर्स डाइस' बाट भारतीय राष्ट्रिय सिनेमा पुरस्कार विजेता अभिनेत्री हुन् ।

यतिमात्रै होइन नेटफ्लिक्सका प्रयोगकर्ताका लागि परिचित नाम हो, गीताञ्जली । नेटफ्लिक्स सिरिज 'सेक्रेड गेम्स' मा पनि गीताञ्जलीले अभिनय गरेकी छन् ।

उनका सिनेमाले नेपाल र भारतमा मात्रै होइन विश्व फन्को मारिसकेका छन् । विश्वका ठूला र प्रतिष्ठित फिल्म फेस्टिभलमा उनका चलचित्र स्क्रिनिङ भइसकेका छन् । वर्ल्ड सिनेमाका दर्शकले गीताञ्जलीका चलचित्र हेरिसकेका छन् ।

गीताञ्जली अभिनीत सिनेमा टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्कलगायत विश्वचर्चीत फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन् । त्यसैले उनको अभिनयको कुशलताले 'जार' लाई थप उचाइ दिएको निर्माणपक्षले बताएको छ ।

नयाँ र फ्रेस अनुहारमार्फत कथा भन्दा दर्शकलाई कथा भुलाउन सहज हुन्छ, सिनेमा विश्वसनीय हुन्छ । यो सुविधा 'जार' ले गीताञ्जलीमार्फत पाएको छ ।

'जार' सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित सिनेमा हो । 'जार' साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा हो ।

इन्द्रबहादुर राईले सन् १८ सयको दशकको विषयलाई आफ्नो कथाको विषय बनाएका थिए ।

'जार' लाई निर्देशक फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् ।  चलचित्र 'जार' ले एक प्रेमकथामार्फत तत्कालीन समाजको संरचना र मानव भावनाको जटिलतालाई देखाउनेछ ।

फेरि टेल पिक्चर्सले निर्माण गरेको 'जार' सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक लामाको दाबी छ ।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायाङ्कन सिक्किममा गरिएको छ ।

चलचित्र 'जार' को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

प्रकाशित: १९ वैशाख २०८२ १२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App