‘फैलियो माया दुबोसरी’ गीतबाट लाेकप्रिय भएका गीतकार त्रिविक्रम पाण्डेकाे ‘कागजको कुमारीत्व’ कवितासङ्ग्रह बजारमा आएकाे छ। साहित्यका विविध विधामा कलम चलाउँदै आएका कविका उक्त कृति लाेकप्रिय सम्पादक विमल भौकाजीले सम्पादन गरेका हुन्।
उक्त कवितासङ्ग्रह आमा आमा नै हुन्, उहिले र अहिलेको वर्षा, जवाफ, म जिन्दगी हुँ पागल, मौन नाता, रोप्नु/उमार्नु, गीति अपेक्षा, आजै मात्रै हो जिन्दगी, यता पनि उता पनि, प्रेम अनि प्रतीक्षा, अपरिचित नाता, कदर, कागजको कुमारीत्व लगायतका लामाछोटा १५५ कविता संगृहीत छन्।
उनकाे कवितामा समाजका विविध विषय समेटिएका छन्। सकारात्मकता, सरलता र माधुर्य उनकाे काव्यगत विशेषता हुन्।
भुँडीपुराण प्रकाशनले बजारमा ल्याएकाे उक्त कृतिकाे मूल्य ५ सय रूपैयाँ रहेकाे छ।
प्रकाशित: २८ फाल्गुन २०८१ १३:४७ बुधबार