कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८१ को उद्घाटन भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन भएको हो ।
महोत्सव उद्घाटन सत्र लगत्तै पहिलो चरण अन्तर्गत फिल्मसम्बन्धी विभिन्न संवादहरू भएको थियो । पहिलो चरणमा सुर्खेतको वीरेन्द्रनगर र दैलेखको गुरासँ गाउँपालिकामा दोस्रो चरण २६ गते विभिन्न कार्यक्रमहरू भई दुई चरणमा गरेर हुने जनाइएको छ ।
महोत्सवमा राजनीतिक संवाद, कर्णाली चलचित्र संवाद, चलचित्रमा साहित्य गजल, कर्णाली पर्यटन संवाद, गुराँस चलचित्र पर्यटन संवाद हुनेछन् । संवादका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सांसद रामकुमारी झाँक्री, सांसद कुन्ती कुमारी शाही, पूर्व मुख्यमन्त्री प्रदेश सांसद जीवन बहादुर शाही, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, पर्यटन मन्त्री सुरेश अधिकारी, वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहन माया ढकाल, चलचित्र विका बोर्डको कार्यकारी अध्यक्ष दिनेश डि.सी., अभिनेता प्रदिप खड्का, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा, लेखक नवराज केसी लगायत सहभागी भएका छन् ।
कर्णालीमा भएका सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन महोत्सवको आयोजना महोत्सवका निर्देशक चक्र बहादुर चन्दले बताए । कर्णालीमा रहेका पर्यटकीय स्थल, धार्मिक स्थल, चलचित्रका छायाकंन स्थल, यहाँका अनगिन्ती कथा, कला, रीतिरिवाज, भेषभुषा, परम्परा र भाषा संस्कृतिलाई चलचित्र निर्माता, निर्देशक सम्बन्धित व्यक्तिहरूमा प्रचार प्रसार गर्ने उद्देश्य रहेको निर्देशक चन्दले बताए ।
महोत्सवले कर्णालीका बारेमा यहाँका कथा, भाषा, लोभ लाग्दा दृश्यहरू आगामी दिनमा प्रचारप्रसार गरी सम्भावनाको ढोका खोल्ने गरेको महोत्सवका सल्लाहकार महेन्द्र मल्लले बताए । महोत्सव उत्साहजनक रुपमा चासोका साथ चलेको र कर्णालीको सम्भावनाबारे देश विदेशमा महोत्सवले प्रचारप्रसारमा टेवा पुग्ने सल्लाहकार मल्लको भनाई छ ।
प्रकाशित: २५ फाल्गुन २०८१ १८:०३ आइतबार