३ वैशाख २०८३ बिहीबार
image/svg+xml
कला/संस्कृति

कामसूत्र: रस, रति र रहस्य

पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिनको अन्तिम सेसनमा गाफिए– कवि, समालोचक र नाटककारका शिव सङ्कल्प र लेखक, सम्पादक तथा छन्दवाचक भूषिता वशिष्ठ।

कामसूत्रः रस, रति र रहस्य विषेयक सेसनमा सङकल्प र वशिष्ठले करिब एक घन्टा संवाद गरे। उक्त संवादमा शिव सङ्कल्पले प्रस्तुत गरेको सम्पादित अंशः

हाम्रो परम्परा, दर्शनमा जीवनका ४ उद्देश्य बताइएका छन्। धर्म, अर्थ, काम र मोक्क्ष। मोक्क्षको विचार सबैका लागि सहज हुँदैन र मोक्क्षको अवधारणा बुझ्नै धेरैलाई समस्या हुन्छ र त्यो लौकिकभन्दा पनि पारालौकिक प्रसंग हुन्छ। लोकको प्रसंग धर्म, अर्थ र काममा हुन्छ।

मुलत काम सूत्र प्रसंगमा कुरा गर्दाखेरि चाहिँ धर्मको अलिकति कुरा गर्नुपर्‍यो। धर्मभन्दा बितिकै अहिले अलि संकुचित लिन थालियो। धर्मको अलिकति व्यापक अर्थ लिन असाध्यै आवश्यक छ। धर्म भनेको स्वाभाविक गुण हिउँको चिसो हुनु धर्म हो। आगोको पोल्नु धर्म हो भनेजस्तो मावनको धर्म के हो त ? मानवको धर्म अहिंसा, सत्गुण, चोरी नगर्नु, इन्द्रिय आफ्नो बसमा राख्नु, दान, क्षमशिलता, धैर्यशिलता, यी नै धर्मका लक्ष्यण हुन् भनेर बताइयो। बुद्धको पञ्चशिलले पनि यहिँ बताएको छ।  

अथवा सबैको धर्म हुन्छ। हाम्रो घर परिवारमा पनि बाबुआमाको धर्म, छोराछोरीको धर्म, देशको शासक, प्रशासक, अधिवक्ता आआफ्नो धर्म हुन्छ। यही सभामा पनि हाम्रो धर्म छ। त्यो धर्मले अनुप्राणित गरेको अर्थ र कामको चर्चा हुँदैछ।

कामसुत्रले प्रतिपादन गरेको भनेको धर्मले प्रतिपादन गरेको ५ वटै इन्द्रियाद्वारा ग्रहण गर्न सक्ने। आनन्दको स्वरुप नै काम हो। यो चाहिँ चतुर वर्गको महत्वपूर्ण अंग हो। अथवा त्रिवर्गको पनि महत्वपूर्ण अंग हो। यति नै आयु भनेर कामशुत्रमा तोकिएको छैन। जब काम जागृत हुन्छ। त्यो नै आयु हो भन्ने जस्तो मैले बुझ्छु।

प्रकाशित: १८ फाल्गुन २०८१ १४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App