१० पुस २०८२ बिहीबार
image/svg+xml
कला/संस्कृति

फिल्म 'लाज शरणम' काे कमाइ करोड माथि

बुधबारबाट प्रदर्शनमा आएको चलचित्र 'लाज शरणम' लाई दर्शकको राम्रो साथ मिलेको छ । दर्शकले चलचित्रको तारिफ गरिरहेका छन् ।

चलचित्रले समसामयिक कथामा व्यङ्ग्य मिसाएको मन परेको दर्शकले प्रतिक्रिया दिइरहेका छन् । हलमा पुगेका दर्शकले सिताराम कट्टेल धुर्मुसको क्यारेक्टरको तारिफ गरिरहेका छन् । उनले हसाएको बताएका छन् ।

चलचित्रमा सुन्दर कर्णालीको दृश्य पनि दर्शकले मन पराएका बताएका छन् । दर्शकले मन पराउँदा सिनेमाले पहिलो दिन एक करोड १० लाख ग्रस कलेक्सन गरेको छ । 

चलचित्रमा काठमाडौंदेखि डोल्पासम्मका दृश्य समावेश छन् । जसले दर्शकको मन जितिरहेको छ ।

सुन्दर कर्णालीको दृश्य समेटिएको चलचित्रमा कर्णालीका सुन्दर सिन समावेश छन् । कर्णालीका सुन्दर हिमाल, खर्क र पठारले दर्शकको ध्यान खिच्छ ।

कर्णालीका दुःख मात्रै चलचित्रमा छैन । प्राकृतिक रूपमा सुन्दर कर्णालीका मनोरम दृश्य र सुन्दर मन भएका मान्छे पनि छन् । महेश त्रिपाठी कर्र्णालीको एक दुखी पात्र त हुन् नै चोखो मन भएका व्यक्ति पनि हुन् ।

लोकप्रिय हास्य टेलिश्रृंखला 'सक्किगोनि' को टिमले निर्माण गरेको चलचित्र 'लाज शरणम्' मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला छन् । चलचित्रमा प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

प्रकाशित: १६ फाल्गुन २०८१ ११:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App