देशप्रेममा आधारित बाल गीत ‘हामी लाला बाला’ सार्वजनिक भएको छ । त्रियोग हाई स्कुलमै औपचारिक कार्यक्रम गरेर यो बाल गीत सार्वजनिक गरिएको हो।
गीतमा गीतकार रामबाबु सुवेदीले शब्द रचना, डिल्लीप्रसाद चापागाईँको सङ्गीत र भावना पौडेलसहितका बालबालिकाको स्वरमा रहेको बाल गीत हामी लाला बाला सार्वजनिक भएको हो। गीतको म्युजिक भिडिओमा आलोक चौरेली, शिष्टता थापा, आरजुरत्न पङ्गेनीलगायतका कलाकारले अभिनय गरेका छन्।
यस्तै गोपाल आचार्यको निर्देशन र परिकल्पना, सुनिल भण्डारीको छायाङ्कन, वीरबहादुर थारुको सम्पादन, रूपेश श्रेष्ठको कोरियोग्राफी, र आशुका अर्यालको सहायक निर्देशनमा यो गीत तयार भएको हो। बाल गीत परियोजनाअन्तर्गत निर्माण भएको यो बालगीतमा त्रियोग हाई स्कुलसँग सहकार्य गरिएको छ।
बालबालिकाहरूमा देश प्रेम जागृत गर्न यो गीत रचिएको गीतकार सुवेदीले बताए। गीत सार्वजनिक कार्यक्रममा प्रा.डा. वासुदेव त्रिपाठीले बालबालिकाहरू सफलताको शिखरमा चरी सरिउड्न सक्छन्, भविष्यमा उनीहरूले राम्रो गर्छन् भन्ने भाव रहेको गीत निकै उत्कृष्ट बनेको बताए। साहित्यकार प्रभा भट्टराईले बाल साहित्यमा प्रस्तुत बाल गीत निकै उपयोगी र सृजनशील रहेको बताइन्।
प्रकाशित: ८ फाल्गुन २०८१ १८:३७ बिहीबार





