२० पुस २०८२ आइतबार
image/svg+xml
कला

६ वर्षपछि 'मेरी बस्सैमा' फर्किए धुर्मुस

हास्य कलाकार सिताराम कट्टेल 'धुर्मुस' टेलिशृङ्खला 'मेरी बास्सै' मा फेरी देखिने भएका छन्।

बिहीबार सामाजिक सञ्जालमा टेलिशृङ्खलामा आफ्नो भूमिकाको केही तस्बिरहरू सेयर गर्दै उनले आफू मेरी बास्सैमा फर्किन लागेको बताएका हुन्।

कट्टेलले लेखेका छन्, 'करिब ६ वर्ष पछि  पुन: मेरि बास्सैमा, जय लाज शरणम।'

'मेरी बास्सै' बाट दर्शकमाझ गहिरो छाप छाडेका कलाकार जोडी हुन् सीताराम कट्टेल र कुञ्जना घिमिरे। यो सिरियलबाट उनीहरू धुर्मुस–सुन्तलीको उपनामले दर्शकमाझ लोकप्रिय बने। अहिले पनि उनीहरू वास्तविक नामभन्दा सिरियलमा निर्वाह गरेको नामबाटै बढी चिनिन्छिन्।

२०७२ सालको भूकम्पपछि सामाजिक काममा लागेका उनीहरू लामो समय कलाकारिताबाट टाढा रहे।

अहिले कट्टेलले अभिनय गरेको फिल्म ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको दिन रिलिज हुँदै छ । फिल्मको मुख्य भूमिकामा सिताराम कट्टेल ‘धुर्मुस’ छन्।

प्रकाशित: १ फाल्गुन २०८१ १७:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App