कमेडियन कपिल शर्मासहित तीन जना बलिउड कलाकारलाई इमेलबाट धम्की दिएको घटना बाहिर आएको छ। स्रोतका अनुसार कपिल शर्मासँगै धम्की पाएका कलाकारहरूमा राजपाल यादव, रेमो डिसुजा र सुगंधा मिश्रा जस्ता कलाकारहरू रहेका छन्। यसै सन्दर्भमा मुम्बई प्रहरीले राजपाल यादवको उजुरीमा एफआईआर दर्ता गरेको छ भने सुगंधा मिश्राको उजुरीमा एनसी दर्ता भएको छ। यसका साथै रेमोको उजुरी पनि प्रहरीमा आएको छ।
स्रोतका अनुसार तीनै जनालाई इमेल मार्फत यो धम्की आएको र इमेलको अन्त्यमा बिश्नोईको नाम लेखिएको छ। प्रारम्भिक अनुसन्धानमा इमेल पाकिस्तानबाट पठाइएको स्रोतले दाबी गरेको छ। हाल यस विषयमा थप अनुसन्धान भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। एजेन्सी
प्रकाशित: १० माघ २०८१ ०८:५१ बिहीबार