२० पुस २०८२ आइतबार
image/svg+xml
कला

विडम्बना, विचित्रैको छ संसार पनि, बिरामी मरेपछि डाक्टर आइपुग्यो!

मुक्तक

१) मुक्तक

जब डिभोर्स भयो तब जार आइपुग्यो,

मौरी भागेपछि मात्र घार आइपुग्यो।

बिडम्बना, विचित्रैको छ संसार पनि,

बिरामी मरेपछि डाक्टर आइपुग्यो।

२) मुक्तक

बहस पैरवी छ जहीँतहीँ शिक्षाको कुरा,

थाहा छैन मलाई आफ्नै इच्छाको कुरा।

म मेरै संसारमा रमेको छु अचेल मित्र,

मतलब नै छैन् मलाई परीक्षाको कुरा।

३) ) मुक्तक

कुबुद्धिको बिर्को ओपनरले खोल्दैन,

तँलाई डस्नेले तपाईलाई छोड्दैन।

सम्बन्ध व्यवहारमा खोजौं रगतमा हैन्,

जब टुट्छ विश्वास सियोले जोड्दैन।

४) मुक्तक

किताब किनेँ, पढिन, तर गाता लगाएँ

काम लिनु थियो, त्यसैले नाता लगाएँ।

अनेक बहाना बनाएँ, तर काम गरिनँ,

अनि त दिनको कामलाई साता लगाएँ।

५) मुक्तक

आफ्नै खेतबारीको तरूल खनिन्थ्यो,

सक्रान्ति बजार जान पैसा गनिन्थ्यो।

पाक्थ्यो दाल,चामल मिश्रित खाना,

खिचडी सुनेकै हैन खिच्रो भनिन्थ्यो।

प्रकाशित: ७ माघ २०८१ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App