२७ पुस २०८१ शनिबार
image/svg+xml
कला

‘पसिनाको पोको’ काे परिचर्चा

राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १९४ औं श्रृङ्खलामा साहित्यकार कृष्ण गिरीको ‘पसिनाको पोको’ कवितासङ्ग्रहको समीक्षा कार्यक्रम भएको छ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ गायक तथा संगीतकार डा. गोविन्द आचार्यको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल र वरिष्ठ साहित्यकार गणेश विषमको विशिष्ट आतित्यमा कार्यक्रम भएको हाे।

नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा. हिमलाल पन्थीले  कविता सङ्ग्रहको समीक्षा गरेका थिए।

‘पसिनाको पोको’ कृतिले समाजको वर्तमान परिवेशसँगै कविताको चेतनाबोध उजागर गर्न सफल भएको बताए। कृतिमा उल्लेख कविताले समाज, मानवता, राजनीति लगायत विषय र सर्जकका आफ्नै भोगाई पनि समावेश गरेर विविधता प्रदान गरेको बताए।

प्रमुख अतिथि आचार्यले विचारविनाको कला साहित्य हुन नसक्ने भन्दै कला, विचारसहितको प्रस्तुतिमा साहित्यकार गिरीले कविता मार्फत कृति ल्याउन सकेको बताए।

कवि, लेखकले कलात्मक र शृङ्गारिक ढङ्गले विचार र कला व्यक्त गर्ने प्रयास गर्नुपर्ने भन्दै कवि गिरीका कविताहरूमा वैचारिक विविधता भएको टिप्पणी गरे।

कृतिको समीक्षा गर्दै डा. पन्थीले गिरीको २४ कविता संग्रहीत पसिनाको पोकोमार्फत समाजको उत्पीडितलाई व्यङ्ग्यात्मक र सिर्जनात्मक रूपमा उजागर गरेको बताए। ४ दशक लामो शैक्षिक क्षेत्रमा क्रियाशील गिरीले यसअघि दहखोले महन्थहरूको गिरी वंशावली खकन कवितासंग्रह २०६४ प्रकाशन गरेका छन्।

लेखक सङ्घ दाङ अध्यक्ष खगराज न्यौपानेले शुभकामना मन्तव्य दिएकाे सो कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार पदम प्रसाद शर्मा, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार डा.लोकराज पराजुली ,निवर्तमान तथा सल्लाहकार अध्यक्ष दीपक शर्मा “समीर,” प्रगतिशील लेखक सङ्घ केन्द्रीय सदस्य रामप्रसाद जैसी, पुरस्कार संस्थापकहरू हरिप्रसाद पाण्डे, चन्द्रप्रकाश देवकोटा, देवेन्द्र रिजाल,नरेशजङ्ग राणा, सञ्चारकर्मी गोविन्द खड्का, छवि पुरी, हुम रेग्मी, नारायणपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष मदनकुमार बस्नेत लगायतका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको गरिमायुक्त उपस्थिति रहेको थियो।

त्यसै गरी सो कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी साहित्यकारहरूमा प्रकाश केसी, मदन गिरी, रीमा गौतम, शान्ता रोका, सुशीला आचार्य, गणेश सुवेदी,  हरिप्रसाद पौडेल, एकराज शर्मा अधिकारी, गोपाल भुसाल अभिलाषी, दामोदर पौडेल,  मधुसुधन गौतम, नारदप्रसाद भण्डारी, वीना रोका, कमला रिजाल, नवराज देवकोटा, देवेन्द्र रिजाल, धनसिंह गिरी,हिरा डिसी, नवराज देवकोटा, हरिप्रसाद पाण्डे, कुलबहादुर वली, महेश कुमार न्यौपाने, रामप्रसाद देवकोटा, कृष्ण प्रसाद गौतम, शैलजा शर्मा, चन्द्रप्रकाश देवकोटा, गिरिराज खनाल, अनिल गिरी, लगायतको साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो।

राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए।

कार्यक्रममा “पसिनाको पोको” पुस्तकका लेखक कृष्ण गिरीलाई संस्थाको तर्फबाट प्रशंसा पत्रले सम्मान गरिएको थियो।

प्रकाशित: २७ पुस २०८१ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App