३ माघ २०८१ बिहीबार
image/svg+xml
कला

नाना पाटेकर भन्छन् : म एकदम रिसालु छु, आज पनि मुख भन्दा हात छिटो चल्छ

बलिउडका बरिष्ठ अभिनेता नाना पाटेकरले आफूलाई रिसालु भनेका छन्। हालै एक अन्तर्वार्तामा उनले आफ्नो चलचित्र यात्राको सुरुवाती समय र व्यक्तिगत अनुभवबारे बोलका हुन्। 

उनले भनेका छन्, ‘म सुरुका दिनमा एकदम रिसालु थिएँ, मैले धेरै कम सुने, कम बोले। म धेरै जसो हातले मात्र कुरा गर्थे।’ 

नाना पाटेकरका अनुसार, आज पनि उनमा रिस नियन्त्रण गर्न नसक्ने समस्या छ। उनी भन्छन्, ‘आज पनि विवाद बढ्यो भने, तब हात उठ्न सक्छ।’ उनले थप्दै भने, ‘म अभिनयमा नभएको भए अन्डरवर्ल्डमा हुन्थेँ। यो मजाक होइन।’ 

आफूले धेरैमाथि हात उठाएको कुरा समेत उनले स्वीकार गरेका छन्। यतिबेला पाटेकर आफ्नो आगामी फिल्म वनवासको प्रचारप्रसारमा व्यस्त छन्, जुन डिसेम्बर २० मा रिलिज हुँदैछ।

प्रकाशित: २३ मंसिर २०८१ १४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App