२२ कार्तिक २०८१ बिहीबार
image/svg+xml
कला

‘चित्रकलाद्वारा जीवन दर्शन प्रस्तुत’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आज चित्रकार भीमप्रसाद शर्माको १२औँ एकल चित्रकला प्रदर्शनी ‘कुण्डलिनी’को उद्घाटन गरेका छन्।

चित्रकार शर्माले प्रदर्शनीमा राख्नुभएको चित्रकलाले जीवन दर्शन प्रस्तुत गर्न खोजेको मन्त्री पाण्डेले बताए। मन्त्री पाण्डेले गैँडाकोटको यस चित्रकलालाई प्रदेश हुँदै केन्द्रसम्म प्रदर्शनी गर्न सहयोग गर्ने बताए।

“हाम्रो सभ्यतासँग जोडेर प्रदर्शनीमा ल्याइएको कुण्डलिनी चित्रकलाले हाम्रो सनातन परम्परा र वैदिक कालसँग जोडिएको छ”,उनले भने, “यसलाई गैँडाकोटमा मात्रै सीमित नराखी राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रदर्शनीको बाटो दिनुपर्छ, त्यसका लागि सहयोग गर्न म तत्पर छु।”

शर्माको एकल चित्रकला प्रदर्शनीमा जीवन दर्शनसँग सम्बन्धित विभिन्न ३७ वटा चित्र राखिएका छन् । कार्यक्रममा मन्तव्य राख्दै संविधानसभा सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसीले नवलपुर क्षेत्र कला र संस्कृतिको खानी भएको भन्दै यसको संरक्षणका लागि केन्द्रबाटै पहल गर्नुपर्ने बताए।

चित्रकला प्रदर्शनीबारे बोल्दै नेपाल संस्कृत विश्वविद्यालय दाङका प्रा डा गुरुप्रसाद सुवेदीले चित्रहरु पाशुपात दर्शनमा आधारित रहेको बताए।

गैँडाकोट–५ स्थित गैँडाकोट नगरप्रज्ञा प्रतिष्ठानको जानकी ग्यालरीमा सुरु भएको प्रदर्शनी आगामी मङ्सिर १२ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा राखिएका चित्रहरु कोर्न तीन वर्ष लागेको कलाकार शर्माले बताए।  

प्रकाशित: २१ कार्तिक २०८१ २०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App