२० कार्तिक २०८१ मंगलबार
image/svg+xml
कला

‘अष्ट्रेलियादेखि युरोपसम्म’ लोकार्पण

अर्थशास्त्री गोविन्दप्रसाद लोहनीको ९६ औं जन्मजयन्तीको अवसर पारेर ‘अष्ट्रेलियादेखि युरोपसम्म’ यात्रासंम्मरण लोकार्पण गरिएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो।

अर्थशास्त्री गोविन्दप्रसाद लोहनीको तीन वर्ष अगाडि ९३ वर्षको उमेरमा निधन भएको थियो। उनी बद्धिजीवी,अर्थशास्त्री, कुटनीतिज्ञमा रूपमा परिचित थिए। लोहनीले आफ्नो जीवनकालमा दुई हजारभन्दा बढी लेखरचना प्रकाशित गरेका थिए भने एक दर्जन बढी पुस्तक प्रकाशित छन्।

राष्ट्रिय योजना आयोगका सदस्य बनेका लोहनीले नेपाल राष्ट्र बैंकको स्थापना गर्न ठूलो भूमिका खेलेका थिए भने पाँच विकास केन्द्र स्थापना गर्न पनि उनको ठूलो भूमिका थियो।

लोहनीले डायरीमा लेखेका तर प्रकाशित नभएका लेखलाई समेटेर उनका छोरा कपिल लोहनीले पुस्तक प्रकाशित गरेका हुन्। छोरा कपिल लोहनीले बुवाको जन्मजयन्तीको अवसरमा हरेका वर्ष एउटा नयाँ पुस्तक प्रकाशित गर्ने जनाए।

पुराना विद्वानहरूका विषयमा पुस्तक प्रकाशित गर्ने विषयमा सरकारले ध्यान नदिएको भन्दै उनले असन्तुष्टि जनाए। शिक्षा र भूमि सुधारका विषयमा लोहनीको विशेष भूमिका रहेको थियो।

कृपा पब्लिकेशनबाट प्रकाशित पुस्तकबारे पूर्व परराष्ट्र सचिव, पूर्व राजदूत डा. मदनकुमार भट्टराईले चर्चा गरेका थिए। उनले लोहनी बहुआगामिक व्यक्तित्वको धनी भएको भन्दै पुस्तकका विषयमा चर्चा गरेका थिए।

‘अष्ट्रेलियादेखि युरोपसम्म’ पुस्तकको सम्पादन कपिल लोहनी र विमल भौकाजीले गरेका थिए।

साहित्यकार समिना खनाल पृथाले सहजीकरण गरेको सो कार्यक्रममा विभिन्न क्षेत्रका विद्वानको उपस्थिति रहेको थियो।

प्रकाशित: २० कार्तिक २०८१ ११:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App