६ पुस २०८१ शनिबार
image/svg+xml
कला

गीतकार विश्व वल्लभको निधन

गीतकार विश्व वल्लभको निधन भएको छ। 

केही दिन यता अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत वल्लभको  विहान निधन भएको हो। केही दिन अघि  

मस्तिष्कघात भएपछि वल्लभलाइ  अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो। मस्तिष्कघातका कारण उनको आधा शरीर नचल्ने भएको थियो। 

थापाथलीस्थित घरमै रहेका बेला अचानक उनलाई मस्तिष्कघात भएको थियो । घरमा एकल जीवन बिताइरहेका वल्लभलाई बिरामी भएपछि अस्पताल लगिएको थियो। 

दुई वर्षअघि क्यान्सरको कारण श्रीमतीको मृत्यु भएपछी उनी एकल जीवन बिताउदै आएका थिए । वल्लभले लामो समय रेडियो नेपालमा जागिरे जीवन बिताए। त्यहाँ रहदा उनले धेरे गीत कविता लेखेका थिए । 

तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीतहरू उनका चर्चित गीत मानिन्छन्।

उनी  कवि तथा गीतकार ईश्वर वल्लभका भाइ  हुन्। 

 

 

प्रकाशित: २३ आश्विन २०८१ १३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App