४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

‘सिङ्घम ३’ मा अजयसँगै सलमान पनि

बलिवुड सुपर स्टार अजय देवगनको ‘सिङ्घम ३’ को प्रतिक्षा उनका फ्यानहरूलाई छ। अजयको आइकोनिक रोल बाजीराव सिङ्घमलाई फेरि सिनेमा हलमा हेर्नका लागि पछिल्लो १० वर्षदेखि उनका फ्यानहरू कुरिरहेका छन्।

रोहित सेट्ठीको निर्देशनमा बन्ने सिङ्घम अघि अजयले सिम्बा र सूर्यवंशीमा क्यामियो गरेका थिए। तर, अब आफ्नै चलचित्र सिङ्घमको तेस्रो भागमा उनी बलिवुड अभिनेत्री दीपिका पादुकोणसँग स्क्रिन सेयर गर्ने तयारीमा छन्। चलचिमा दीपिका लेडी सिङ्घको भूमिकामा देखा पर्नेछिन्।

दीपिकासँगै चलचित्र सिङ्घम ३ मा बलिवुड अभिनेता अक्षय कुमार र टाइगर स्राफ पनि नजर आउने भएका छन्। यसका साथै सिङ्घम ३ मा बलिवुडका भाइजान सलमान खानलाई पनि रोहित सेट्ठीले क्यामियो गराउने निश्चित भएको छ।

सलमान खानले सिङ्घ ३ मा चुलबुल पाण्डेकै अभिनयमा देखा पर्ने बताइएको छ। साथै सलमानले क्यामियोका लागि कुनैपनि रकम नलिने भएका छन्। सिङ्घममा अजयसँगै देखिने सलमान र अक्षय कुमारको नामले फ्यानहरू झन् बढी उत्साहित भएका छन्।

सिङ्घम यसै वर्ष दिपावलीको अवसर पारेर रिलिज हुने तयारी गरिएको छ।

प्रकाशित: ३ आश्विन २०८१ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App