३० आश्विन २०८१ बुधबार
image/svg+xml
कला

'भ्रष्टाचारको चपेटामा देश' म्यूजिक भिडियो सार्वजनिक

हेमसरिता पाठक फाउन्डेसनले फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकले रचना गरेको भ्रष्टाचारविरुद्धको गीत 'भ्रष्टाचारको चपेटामा देश' म्यूजिक भिडियोको सार्वजनिक गर्‍यो।

सो म्युजिक भिडियोको सार्वजनिक कार्यक्रमका प्रमुख अतिथिद्वय नेपाल सरकारका पूर्व मुख्य सचिव लीला गड्तौला र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गरेका थिए।

कार्यक्रममा गीतकार हेम पाठकले विशेष मन्तव्य राख्दै गीत सिर्जना र संस्थाको उद्देश्य र महत्त्वमाथि प्रकाश पारेका थिए। साथै गीतकार पाठकले आफू नेपालमा रहँदा ३ दशकअघि सामाजिक विकास समाज, अनामनगरमार्फत भ्रष्टाचारविरुद्धको जुलुस निकालेर अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सभाकक्षमा भ्रष्टाचारविरुद्धको कार्यक्रम गरेको स्मरण गरेका थिए। सोही अवसरमा गीतकार पाठकले वृद्ध भ्रष्टाचारीहरू मरेर गए पनि तिनीहरूको हड्डी जेलमा हालेर असुलउपर गर्नुपर्ने बताएका थिए।

फाउन्डेसनकी संरक्षक सरिता पाठकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका विशिष्ट अतिथिहरू वरिष्ठ सर्जक एवं भ्रष्टाचारविरुद्धको अभियन्ता भरत जंगम, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ इतिहासविद् प्राडा सुरेन्द्र केसी र नेपाल गीतकार संघका अध्यक्ष वसन्त थापा वित्यासी रहेका थिए।

कार्यक्रममा फाउन्डेसनका सल्लाहकारहरू रविन्द्र मिश्र, रामेश्वर फुँयाल, विज्ञान शर्मा, रमेश खरेल, देवेन्द्र सिटौला र तीर्थ कोइराला तथा पूर्व राजदूत अर्जुन कार्की, प्रचार विभाग प्रमुख मातृका पौडेल र नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीको उपस्थिति रहेको थियो।

यसैगरी संस्थाका भ्रष्टाचारविरुद्धका अभिव्यक्ति दूत किरण केसी (म्युजिक भिडियोका नायक) , 'भ्रष्टाचारको चपेटामा देश' म्यूजिक भिडियोकी गायिका कुन्ती मोक्तान, गायक शिशिर योगी, र सङ्गीतकार बीबी अनुरागी लगायत म्यूजिक भिडियोका कलाकारहरू विद्या कार्की, रेष्मा श्रेष्ठ, राजु भुजू, आरके मानन्धर र म्यूजिक भिडियोका निर्देशक सुदन केसीको उपस्थिति रहेको थियो।

आइप्लेक्स मल, मध्यबानेश्वर, काठमाडौँमा आयोजना गरिएको सो कार्यक्रममा प्रमुख अतिथिद्वय लीला गड्तौला र मदनकृष्ण श्रेष्ठ, विशेष अतिथिहरू रविन्द्र मिश्र र प्राडा सुरेन्द्र केसी अध्यक्ष सरिता पाठक र कलाकार किरण केसीले मन्तव्य राखेका थिए।

फाउन्डेसनका नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन बिबुसा बस्नेतले गरेकी थिइन्। कार्यक्रममा बुद्धिजीवी, पत्रकार, सर्जक, अभियन्ता लगायतको बाक्लो उपस्थिति रहेको थियो।

प्रकाशित: २७ भाद्र २०८१ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App