हास्य कलाकार सुलेमान शंकर (ईकु) भनिने सूर्यमान शंकर पक्राउ परेका छन्।
मंगलबार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो।
कलाकार भिषामा युरोप पठाउने भन्दै लाखौँ रकम असुल गरेको आरोपमा उनलाई पक्राउ गरेको सीआईबीले जनाएको छ।
सूर्यमानले नेपाली सांस्कृतिक कार्यक्रमहरुमा गैर कलाकारलाई कलाकारको रुपमा कलाकार भिषामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने भनी लाखौँ रुपैयाँ असुल गरेको खुलेको छ।
प्रकाशित: २६ भाद्र २०८१ १४:४२ बुधबार



-600x400.jpg)

-600x400.jpg)