२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
कला

सिक्किममा नियात्राविद् जय छाङ्छा सम्मानित

पश्चिम सिक्किम साहित्य प्रकाशन गेजिङ, पश्चिम सिक्किमले तेत्तिसाै नेपाली भाषा मान्यता दिवसकाे अवसरमा नियात्राविद् जय छाङ्छालाई सम्मान गरेकाे छ।

रिक्की ल्हामु लेप्चाकाे अध्यक्षता तथा भवन, आवास तथा श्रम मन्त्री भीमहाङ लिम्बूकाे प्रमुख अातिथ्यमा भएकाे कार्यक्रममा नियात्राविद् छाङ्छालाई लक्ष्मण-सावित्री गुरूङ स्मृति साहित्यिक पुरस्कारबाट पुरस्कृत गरिएकाे हाे।

नेपाली भाषा तथा साहित्यकाे समृद्धिमा महत्त्वपूर्ण याेगदान पुर्‍याएबापत पुरस्कृत छाङ्छालाई नगद २५ हजार रकमसहित प्रमाणपत्र प्रदान गरिएकाे थियाे।

त्यस्तै कार्यक्रममा गीताश्री शर्मालाई लालमान-सञ्चा रानी स्मृति पुरस्कार र डा. कमला तामाङलाई पुरस्कृत गरिएकाे थियाे।

मन्त्री भवन तथा आवास र श्रम विभाग, सिक्किम सरकार मन्त्री भीमहाङ लिम्बू प्रमुख अतिथि, पर्यटन विभाग-सहअध्यक्ष आयोजक समिति सल्लाहकार सुदेशकुमार लिम्बू र सुरेश राई एडीसी ग्यालसिङ, केसाङको  उपस्थित रहेका थिए।

प्रमुख अतिथि भीमहाङ लिम्बूले तेत्तिसाै नेपाली भाषा मान्यता दिवसकाे शुभकामना दिंदै स्व.नरबहादुर भण्डारी र उनकी धर्मपत्नी श्रीमती दिलकुमारी भण्डारीले नेपाली भाषाको मान्यताका लागि गरेको प्रयास उल्लेख्य भएकाे बताए।

कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरूले गोवर्धन बास्तोलाको ‘फर्किएर हेर्दा आज यसै छ’ पुस्तककाे लाेकार्पण गरेका थिए।

प्रकाशित: २० भाद्र २०८१ १२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App