२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
कला

साहित्यकार डा. पुरण राई सम्मानित

डा.पुरण राईलाई खोटाङमा सम्मान गरिएको छ। उनी पढेको श्री चम्पावती माध्यमिक विद्यालय, बुइपा खोटाङले उनले नेपाली विषयमा आप्रवासी कवितामा अलङ्कारविधान शीर्षकमा विद्यावारिधि गरी विद्यालयको शिर उच्च बनाएका भन्दै आफ्नो ६९ औं वार्षिक उत्सवका अवसरमा डा. राईलाई सम्मान गरेको हो।

डा.राईले चम्मावती माविमा अक्षर आरम्भ गरी सोही विद्यालय तहको शिक्षा पूरा गरेका थिए। उनलाई कार्यक्रमका सभाध्यक्ष देवविक्रम राई तथा प्रमुख अतिथि दिनेश राई र प्रधानाध्यापक खगेन्द्र राईले सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका छन्।

उक्त अवसरमा डा. राईको विद्यावारिधिका शोधपत्र डा. राईकी आमा मौलशोभा राईले प्रधानाध्यपक खगेन्द्र राईलाई हस्तानरण गरिन् भने डा. राईले आफ्ना एकसाथ प्रकाशित ५ पुस्तक कार्यक्रमका सभाध्यक्ष देवविक्रम राईलाई हस्तानतरण गरेका थिए।

सम्मानित डा. पुरण राईले आफ्नो मन्तव्य राख्ने क्रममा ८, ८४८/- रुपैयाँको मुगासेर मौलशोभा उत्कृष्ट छोरी पुरस्कार पनि घोषणा गरेका छन्। उनले मेरो विद्यावारिधि गर्ने ज्ञान र शिक्षाको जग र पथ यही चम्पावती माध्यमिक विद्यालय, बुइपामा असल र कुशल गुरुहरूबाट भएको भन्दै सबै गुरुगुरुमाहरूको नाम उल्लेख गरेका थिए।

पुरस्कारको नामाकरण स्वर्गीय आपा मुगासेर र मौलशोभा राईका नामबाट गरिएको तथा पुरस्कारको स्थापना आपा र आमाको सम्मान र सम्झनामा गरिएको र उक्त पुरस्कार एसइईमा उत्कृष्ट हुने छोरीलाई समर्पण गरिने सम्मानित डा. राईले घोषणा गरेका हुन्।

प्रत्येक वर्ष प्रदान गरिने यस पुरस्कारका लागि ३ वर्षभित्र १ लाख रुपैया बढीको अक्षय कोष निर्माण गरिने भन्दै डा.राईले घोषणाकै क्रममा अक्षय कोषका लागि ३३,६६६/- रुपैयाँ नगदसहित मुगासेर मौलशोभा उत्कृष्ट छोरी पुरस्कार घोषणा, प्रतिबद्धता तथा हस्तान्तरण पत्र विद्यालयका प्रधानाध्यपक खगेन्द्र राईलाई हस्तानरण गरेका थिए।

प्रकाशित: २० भाद्र २०८१ ११:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App