२७ भाद्र २०८१ बिहीबार
image/svg+xml
कला

सत्ताइस विशेषज्ञकाे विचार समेटिएका ‘अबको बाटो’ लाेकार्पण

भरतकुमार श्रेष्ठ ‘विवश’ ले सम्पादन गरेकाे ‘अबको बाटो’ कृतिकाे लोकार्पण भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयाेजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्वअध्यक्ष अनुपराज शर्माले ‘अबको बाटो’ काे लोकार्पण गरेका थिए।

पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्वअध्यक्ष अनुपराज शर्माले ‘अबको बाटो’ कृति नेपालको भविष्यप्रति चिन्ता गर्दै सम्भावना देखाइएकाले निकै महत्वपूर्ण भएको बताए।

लाेकप्रिय साहित्यकार यादव भट्टराईले सञ्चालन गरेकाे लोकार्पण कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेस नेता डिला संग्रौला, एमालेका नेता उषाकला राई, अर्थविद् डा. चन्द्रमणि अधिकारी र प्रा. पुरुषोत्तम दाहालले कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए।

उक्त कृतिमा प्राडा जयराज आचार्य, चर्चित साहित्यकार कृष्ण धरावासी, जीवा लामिछाने, डा. प्रदीप लामिछाने, प्राडा वीणा पौडेल, शिवजी श्रेष्ठ, प्रा. पुरुषोत्तम दाहाल, प्राडा ढुण्डीराज पौडेल, प्रा. ज्ञानु अधिकारी, विजय हितान, सम्पादक / साहित्यकार रामप्रसाद पन्त, श्यामसुन्दर श्रेष्ठ सहृदय, प्राडा सुरेन्द्र केसी, विश्वभक्त दुलाल ‘आहुति’, मनोज काफ्ले, महावीर पुन, चन्द्रमणि अधिकारी, कल्याण श्रेष्ठ, डा. प्रकाश बुढाथोकी, रमेश नेपाल, प्राडा विद्यानाथ कोइराला, डिलबहादुर पुर्जा पुन, गणेश थापा, होमबहादुर बस्नेत, मिलन ज्ञवाली, नेत्र तिमल्सिना र भरतकुमार श्रेष्ठ ‘विवश’ का लेख सङ्गृहीत छन्।

लाेकार्पित कृतिमा नेपाली साहित्य, शिक्षा, विकास, संस्कृति, समाजशास्त्र, अर्थशास्त्र, राजनीति, वैदेशिक रोजगार जस्ता विविध विषय समेटिएका छन्। दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले सम्पादनमा सहजीकरण गरेका छन्। कृतिकाे मूल्य ७७०/- रूपैयाँ  छ।

शिखा बुक्सका कार्यकारी निर्देशक पुष्पराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले स्वागत मन्तव्य र भरतकुमार श्रेष्ठ ‘विवश’ ले सम्पादकीय मन्तव्य प्रस्तुत गरेका थिए। 

प्रकाशित: १७ भाद्र २०८१ १२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App