२७ भाद्र २०८१ बिहीबार
image/svg+xml
कला

खाेटाङमा पाँच साहित्यकार सम्मानित

शुभम फाउन्डेसन खोटाङ र पालिका अभिलेख काठमाडौले पाँच साहित्यकार विष्णु आभूषण, कृष्ण आचार्य, नरेन्द्र निर्विकार, एमसी सुमित र रेखा राई क्षितिजलाई सम्मान गरेकाे छ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्य र शुभम फाउन्डेसन खोटाङका अध्यक्ष सूर्यबहादुर राईको अध्यक्षतामा भएकाे कार्यक्रममा पाँच साहित्यकारलाई सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएकाे छ।

स्थानीय क्षेत्रमा रहेर साहित्य, पत्रकारिता, समाजसेवा, शिक्षा, राजनीतिका क्षेत्रमा पुर्‍याएकाे योगदानकाे कदर गर्दै ५ विशिष्ट व्यक्तिलाई सम्मान गरिएको हाे।

त्यस्तै खोटाङमा साझा अनलाइन पुस्तकको धारणामा आधारित अनलाइन अभिलेख डटकम पनि सार्वजनिक गरिएको छ। शुभम फाउन्डेसन दिक्तेलमा आयोजित कार्यक्रममा उक्त साझा अनलाइन पुस्तकको धारणामा आधारित अनलाइन अभिलेख डटकमको सार्वजनिक गरिएको हो।

उक्त अभिलेख डटकममा स्थानीय तहको कृषि, पर्यटन, समाज संस्कृति, वंशावली, मिथक, इतिहास जस्ताे विषय राखिनेछ। यसमा सबै पालिकाको कृषि, पर्यटन, समाज संस्कृति, वंशावली, मिथक, इतिहास तथा विकास अभिलेख राख्न मिल्ने गरी र सिधै अब्लोड गर्ने गरी व्यवस्था गरिएको छ। यसमा सम्पादक नभई सबै पालिकाहरूमा लेखकहरु राख्ने भएको छ।

यसका साथै साहित्यकार डा. पुरण राईको उपन्यास ‘वसन्त रितु’ र नाटकसंग्रह ‘लासमाथिको नाटक’ को परिचर्चा पनि गरिएको छ। समालोचक वेदीकुमार राईले ‘वसन्त रितु’ उपन्यास र एमसी सुमितले ‘लासमाथिको नाटक’ को समीक्षात्मक टिप्पणी गरेका थिए।वक्ताद्वयले  दुवै कृति उत्तिकै पठनीय रहेकाे बताएका थिए।

दिक्तेल रपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईको विशेष आतिथ्यमा भएको उक्त कार्यक्रमको समन्वय र व्यवस्थापन डा.सुकराज राई र राजकुमार राईले गरेका थिए। 

प्रकाशित: १७ भाद्र २०८१ ०८:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App