३० भाद्र २०८१ आइतबार
image/svg+xml
कला

रुढिविरुद्ध छ ‘सुरुङ युद्ध’

‘सुरुङ मार्ग’ विमोचन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश सभासद् मीना श्रेष्ठ र सहभागीहरू। तस्बिर : अमर/नागरिक

नेपालमा ‘सुरुङ युद्ध’ पुस्तक शनिबार इटहरीमा विमोचन गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश सभासद् मीना श्रेष्ठलगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।

इटहरीका अर्जुनकुमार उप्रेती र धरानका जसकुमार राईद्वारा लिखित पुस्तक नेपालमा व्यवस्था परिवर्तनका लागि सुरुङ युद्ध गरेका इलामका सहिद रत्नकुमार वान्तवाको संघर्ष र बलिदानको इतिवृत्तान्तबारे उल्लेख गरिएको छ। 

पुस्तकमाथि टिप्पणी गर्दै डा. अस्मिता विष्टले रत्नकुमार वान्तवाले आफ्नो सम्पत्तिसमेत बेचेर सुरुङ युद्ध प्रारम्भ गरेकाले त्यसबाट राजनीतिक क्रान्ति सुरु भएर गणतन्त्र उन्मुख गराएको बताइन्।  उनले त्यतिबेलाको रुढिवादी समाज परिवर्तन गर्नमा ठूलो भूमिका रत्नकुमारको रहेको उल्लेख गरिन्।

अर्का टिप्पणीकार डा. दिवाकर रेग्मीले रत्नकुमारका सम्बन्धमा यसअघि वृत्तचित्र र उपन्याससमेत लेखिए पनि अहिलेको सुरुङ युद्ध तथ्यसंगत रहेको बताए। ‘सुरुङ युद्ध’ मा वान्तवालाई प्रेरित गर्न समाजका अरू पनि पात्र रहेको ती पात्रलाई समेटेर प्याकेजका रूपमा तयार गरिएकाले पुस्तक पढ्नैपर्ने रहेको छ’, उनले भने।

अनुसन्धानात्मक इतिहासका रूपमा तयार गरिएको पुस्तक विमोचन संगीत साधना प्रतिष्ठान इटहरीको संयोजनमा भएको हो। रत्नकुमार पूर्वका त्यस्तो विद्रोहका एक क्रान्तिकारी सहिद हुन्। उनको विद्रोहले २०३६ सालमा जनमत संग्रह घोषणाको पृष्ठभूमिमा भूमिका खेलेको लेखक उप्रेतीको दाबी छ।

२००८ साल चैत २७ गते इलामको चमैताको चित्रे (हाल देउमाई नगरपालिका– १) मा जन्मिएका रत्नकुमारलाई २०३५ साल चैत २७ गते तत्कालीन पञ्चायत सरकारले इभाङको जंगलमा गोली हानी हत्या गरेका थिए।

प्रकाशित: १५ भाद्र २०८१ १८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App