७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

फूलले छोयो या तिम्ले छोयौ छुट्याएको छैन अझै!

गजल

अत्तरको हो कि तिम्रो हो बास्ना उडेको छैन अझै।

तिमीले अँगाल्दा लाएको टिसर्ट धोएको छैन अझै।

जहाँजहाँ छोएकी थियौ मलाई त्यो पल तिमीले

फूलले छोयो या तिम्ले छोयौ छुट्याएको छैन अझै।

राप थ्यौ कि ताप थ्यौ खै के थ्यौ तिमी जान्दिन म,

पग्लिएछु किन म छुँदा तिमीले बुझेको छैन अझैं।

भिजायौ यसरी कि मलाई तिमीले निथ्रुक्कै बनायौ

बिनापानी रुझाउँदा तिम्ले म ओभाएको छैन अझै।

तिमी बर्सेभन्दा अरू पानी नपरोस् है यो ज्यानमा

कहाँकहाँ चुम्यौ अस्ति मलाई नुहाएको छैन अझै।

प्रकाशित: ४ भाद्र २०८१ ११:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App