३ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

फूलपातीमा ‘ज्वाइँ साब’ आउँदै

यस वर्षको दसैँलाई लक्षित गर्दै नेपाली चलचित्र ‘ज्वाइँ साब’ को प्रदर्शन मिति घोषणा गरिएको छ।

मंगलबार पहिलो झलक स्वरूप पोस्टर र कलाकारको आवरण (लुक्स) सार्वजनिक गर्दै चलचित्र असोज २४ देखि प्रदर्शन हुने निर्देशक वसन्त निरौलाले जानकारी दिए।

“चलचित्रमा दसैँको प्रसङ्ग भएकाले हामीले यसलाई फूलपातीदेखि प्रदर्शनमा ल्याउन लागेका हौँ। विशुद्ध पारिवारिक कथामा तयार भएकाले स–परिवारसँगै बसेर हेर्ने चलचित्र बनेको छ। यसमा अहिलेको पुस्ता र पुरानो पुस्ताको विवाह प्रतिको धारणालाई प्रस्तुत गरिएको छ।” निरौलाले भने।

निर्देशक निरौलाकानुसार चलचित्रमा विवाहका लागि बेहुला खोजिरहेको परिवारको कथालाई प्रस्तुत गरिएको छ।

यसमा जीतु नेपाल, नीति शाह, बुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डेलगायत कलाकारले अभिनय गरेका छन्।

लामो समयदेखि पोस्टर डिजाइनरको रूपमा कार्यरत विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीले कथा लेखन, शङ्कर धितालले पटकथा तथा संवाद लेखन, श्याम तामाङले छायाङ्कन, अर्जुन पोखरेल र महेश ताम्राकारले सङ्गीत सिर्जना गरेका छन्।

प्रकाशित: २९ श्रावण २०८१ २०:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App