९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

मान्छे मान्छे नै हो, कुनै अरू जात हुँदैन!

१) मुक्तक

बगिरहन्छ नदी, कुनै दिन अनि रात हुँदैन

मान्छे मान्छे नै हो, कुनै अरू जात हुँदैन

थाहा हुँदैन अघाएकालाई भोकाको पीडा,  

साथी के साथी, जब अप्ठेरोमा साथ हुँदैन।

२) मुक्तक

खोजीमा छु म हात तान्नेहरूको

भेटिन्छ लाम खुट्टा बान्नेहरूको

तिमी खोज्छौ सामाजिक न्याय,

भीड छ यहाँ आफ्नै छान्नेहरूको।

३) मुक्तक

बाहिर झमझम पानी परेको छ

तिमीलाई भेट्ने बानी परेको छ

जहाँ इच्छा त्यहाँ उपाय भन्छन्,

तिम्रो हात नै सिरानी परेको छ।

४) मुक्तक

नजिकियौं जब स्वभाव थाहा भो  

टाढिएपछि मात्र अभाव थाहा भो

भन्न त सजिलै भनिन्छ अरूलाई,

आफैंले गरेपछि न दबाब थाहा भो।

५) मुक्तक

बिना गीत अनि संगीत नाच्न सकिंदैन

आशामुखी भएर सधैं बाँच्न सकिंदैन

जवान भइरहन कसलाई मन नहोला र!

चाहँदैमा जवानीलाई साँच्न सकिदैन।

प्रकाशित: २४ श्रावण २०८१ १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App