नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित भएका हुन् ।
निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच सोबारे लिखित सहमति भएको छ । हमालले सामाजिक सञ्जालमा तस्बिर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी दिएका छन् ।
उनले लेखेका छन्,'लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।' उक्त चलचित्र एक्सनप्रधान हुने बताइएको छ ।
पछिल्लो पटक फिल्म 'सकुन्तला'मा अभिनय गरेपश्चात महानायक हमाल म्युजिक भिडियोमा आफूलाई समय दिइरहेका थिए ।
आगामी भदौ महिनाबाट छायांकनको तयारी गरिएको फिल्मको नाम केही दिनमा घोषणा गरिने निर्माणपक्षको भनाइ छ ।
निर्देशक दिवाकरले फिल्मको कथावस्तु मनपराएपछि हमाल आफ्नो फिल्ममा अभिनयका लागि तयार भएको र यो फिल्मले राजेश हमालको गर्विलो कमब्याक गराउने दावी गरे।
प्रकाशित: २१ श्रावण २०८१ १४:१३ सोमबार