१९ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

पूर्व मेयर शाक्य र संगीतकर्मी बज्राचार्य सम्मानित

काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्या सुन्दर शाक्य र वरिष्ठ संगीतकर्मी रत्न ‘बेहोशी’ बज्राचार्यलाई गणेशदेवी स्मृति पुरस्कार प्रदान गरिएको छ। नेपालभाषा संरक्षण तथा विकासमा पुर्‍याएको योगदानको कदर गर्दै शाक्य र बज्राचार्यलाई पुरस्कृत गरिएको हो।

काठमाडौंमा शनिबार भएको कार्यक्रममा गणेशदेवी स्मृति प्रतिष्ठानका संरक्षक दिलबहादुर मानन्धर र प्रमुख अतिथि वरिष्ठ साहित्यकार मथुरा साय्मिले दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरेका थिए।

सम्मानित व्यक्तिहरूलाई प्रतिष्ठानबाट जनही २५ हजार नगदसमेत प्रदान गरिए छ। कार्यक्रममा आमा घरका सञ्चालक दिलशोभा मानन्धरलाई पनि प्रतिष्ठानले नगद सहयोग प्रदान गरेकोछ।

कार्यक्रममा सम्मानित व्यक्तिहरूको परिचय दिँदै भाषा आयोगका सदस्य सुरेश मानन्धरले पूर्व मेयर शाक्यले काठमाडौं महानगरभित्रका स्कुलहरूमा स्थानीय पाठ्यक्रमअन्तर्गत नेपालभाषा पठनपाठन गराई भाषा संरक्षणमा महत्त्वपूर्ण योगदान गरेको बताए। त्यस्तै वरिष्ठ संगीतकर्मी रत्न बेहोशीले विगत ६० वर्षदेखि संगीत क्षेत्रमा योगदान गर्दै आइरहेको बताए।

कार्यक्रममा पूर्व मेयर शाक्यले काठमाडौंका स्थानीय समुदायको आग्रहअनुसार स्थानीय पाठ्यक्रमा नेपालभाषा लागु गरेको बताउँदै स्थानीय समुदायको सहयोगले नै यसलाई सफलतापूर्वक लागू गर्नसकेको जनाए।

उनले भने, ‘स्थानीय समुदायको सहयोग नभएको भए म एक्लैले नेपालभाषा लागु गर्न सक्दिनथेँ। स्थानीय समुदायको आग्रह र सहयोगले महानगरपालिकाले संविधानअनुसार स्थानीय भाषाको संरक्षण तथा विकासमा योगदान गर्न सकेको हो।’

प्रकाशित: २३ असार २०८१ ०९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App