१५ असार २०८१ शनिबार
image/svg+xml
कला

‘नन्दप्रसाद शिवाकोटी स्मृति ग्रन्थ’ विमोचन

कर्मयोगी नन्दप्रसाद शिवाकोटी माइला दाइ स्मृति ग्रन्थ पुस्तकको सोमबार एक कार्यक्रमकाबीच विमोचन भएको छ।

नन्दप्रसाद जानुका फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ग्रन्थको बिमोचन गर्दै नन्दप्रसाद शिवाकोटी जस्ता पात्रहरूको  इतिहासमा  खोजी गरेर लिपिबद्ध गर्नु प्रसंशनीय कार्य भएको बताए।

ग्रन्थको विमोचन कार्यक्रममा थापाले कांग्रेस भित्र फोहोर कम र सफा गर्ने मानिसहरू धेरै रहेको भन्दै नन्दप्रसाद जस्ता योगदान पुर्‍याएका व्यक्तिको खोजी गर्नुपर्ने धारणा राखे। महामन्त्री थापालेले थोरै फोहोर गर्ने मानिसका कारण कांग्रेस बदनाम भइरहेको समेत बताए।  

शिवाकोटीको योगदानको चर्चा गर्दै महामन्त्री थापालेले नेपाली कांग्रेसमा योगदान दिएका पात्रहरूलाई गाउँ–गाउँबाट खोज्न आवश्यक रहेको बताए । ‘कांग्रेसमा योगदान दिनुभएका पात्रहरूलाई हामीले गाउँ गाउँबाट खोज्न आवश्यक छ’ थापाले भने, ‘हामीले फोहोर सफा गर्नका लागि ऐना अगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफू भित्र लागेको दाग सफा हुँदैन।’

कार्यक्रममा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले पार्टी नन्दप्रसाद जस्ता व्यक्तित्वले गरेको योगदानको जगमा उभिएकाले त्यस्ता नेता, कार्यकर्ताको खोजी गरिनुपर्ने विचार राखे। खप्तडबाबा सुदूरपश्चिमको खप्तड क्षेत्रमा जानुअघि दोलखामा बसेर साधना गर्दा नन्दप्रसाद जस्ता व्यक्तित्वले उनीबाट आध्यात्मिक वातावरण पाएका विषय पुस्तकमा उल्लेख गरिएका लेखकले बताए।  

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं फाउण्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटी, कांग्रेस केन्द्रीय सदस्य नानु बाँस्तोला शिवाकोटी, कांग्रेस दोलखाका सभापति वर्मा लामा, साहित्यकार डा नवराज लम्साल, मानव अधिकारवादी नेता नूतन थपलिया, वरिष्ठ पत्रकार गोपाल थपलिया, क्षमावती माध्यमिक विद्यालयका प्रधानाध्यापक मुकुन्दराज शिवाकोटी, डा विष्णुराज उप्रेती र डा सुरेन्द्र सिटौलालगायतले नन्दप्रसादले दोलखाको शिक्षा, राजनीति एवं स्वतन्त्रताका क्षेत्रमा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए।

त्यसअवसरमा प्रजातन्त्र सेनानीद्वय दुर्गाप्रसाद उप्रेती र नेत्रबहादुर बस्नेतलाई सम्मान गरिएको थियो । यसैगरी, २५ हजार राशिको पुरस्कार फाउण्डेशनले पत्रकार शम्भु गौतमलाई प्रदान गरेको थियो।

प्रकाशित: १० असार २०८१ २०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App