११ पुस २०८२ शुक्रबार
image/svg+xml
कला

योगमाया स्रष्टा सम्मान चौधरी र चापागाईंलाई

नेपाल स्रष्टा समाजले यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान क्रमश: दाङकी शान्ता चौधरी र विराटनगरकी कविता चापागाईंलाई प्रदान गर्ने भएको छ।

साहित्यकार पवन आलोकले स्थापना गरेको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान २५ हजार १११ रुपैयाँ नगद राशिसहित सम्मानपत्र रहेको छ। विसं २०६५ देखि यो सम्मानबाट हालसम्म १५ जना सम्मानित भइसकेका छन्।

त्यस्तै समाजसेवी राजेश न्यौपाने र केदार नेउपानेले स्थापना गरेको योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान ५० हजार १ रूपैयाँ नगद राशिसहित सम्मानपत्र रहेको छ। विसं २०७५ मा स्थापना भएको यस सम्मानबाट पाँच जना सम्मानित भइसकेका छन्।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनका अनुसार आउँदो असार २२ गते योगमाया दिवसमा विशेष समारोहमा यी दुवै सम्मान समर्पण गरिंदै छ।

प्रकाशित: ४ असार २०८१ ०९:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App