१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
बजार

आज सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

साताको पहिलो कारोबार दिन आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ८ हजार ३०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ७२ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला तीन हजार ८२५ रुपैयाँ रहेको चाँदी आइतबार १७५ रुपैयाँले घटेर तीन हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: १५ कार्तिक २०८३ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App