२४ असार २०८१ सोमबार
image/svg+xml
कला

पुरस्कार दिन यशस्वी प्रज्ञाप्रतिष्ठानले मगायाे पुस्तक

यशस्वी पुस्तक पुरस्कार-२०८१ का लागि पुस्तक पठाउन सबै लेखक तथा प्रकाशकहरूलाई यशस्वी प्रज्ञाप्रतिष्ठानले अनुरोध गरेको छ।

२०८० चैतको अन्त्यसम्ममा नेपाल र नेपाल बाहिरबाट प्रकाशित नेपाली लेखकहरूले लेखेका नेपाली भाषा र अंग्रेजी भाषाका पुस्तकहरू तीनतीन प्रति यशस्वी प्रज्ञाप्रतिष्ठानको कार्यालय, घट्टेकुलो, काठमाडौंमा २०८१ असार २१ गते शुक्रबारसम्म पुर्‍याउन अनुरोध गरिएको छ।

यसरी सहभागी पुस्तकमध्ये कथा, गैरकथा, कविता, इतिहास/ संस्कृति/अनुसन्धान/ अनुवाद/ विभिन्न विधाका पाँच उत्कृष्ट पुस्तकलाई पुरस्कृत गरिनेछ।

सम्मानित पुस्तकलाई २०८१ भाद्र २२ गते शनिबार हुने तेस्रो काठमाडौं कलिङ-साहित्य महोत्सवमा पुरस्कृत गरिने छ। पुरस्कारमा २० हजार रूपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिने प्रतिष्ठानकी निर्देशक रञ्जना निरौलाले बताएकी छन्।

प्रकाशित: २९ जेष्ठ २०८१ ०९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App