१४ असार २०८१ शुक्रबार
image/svg+xml
कला

पर्यावरण दिवस: राेपियाे पीपल,वाचियाे कविता

शब्दाङ्कुर प्रकाशन र वर्तमान कविता समूहले पर्यावरणसम्बन्धी कविता वाचन गरेर पर्यावरण दिवस मनाएका छन्। पर्यावरण दिवसकाे अवसरमा पशुपति क्षेत्रको किरातेश्वर मृगस्थिलीकाे सत्य सनातन बाबाको कुटीमा डेढ दर्जन कविले पर्यावरणसम्बन्धी कविता पाठ गरेर पर्यावरण दिवस (विश्व वातावरण दिवस) मनाएका हुन्।

लाेकप्रिय साहित्यिक पत्रिका शब्दाङ्कुरका प्रधानसम्पादक धीरकुमार श्रेष्ठले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै पाठ गरिएका पर्यावरणसम्बन्धी कविताहरूलाई अनुवाद गरेर अङ्ग्रेजी भाषामा समेत शब्दाङ्कुरमा प्रकाशन गर्ने लक्ष्य रहेकाे बताए।

प्रधान सम्पादक धीरकुमार श्रेष्ठले कवि विश्व सिग्देलकाे परिकल्पनामा भएकाे यस्ताे खाले कार्यक्रमलाई निरन्तरता दिंदै जाने पनि बताए।

कविता पाठ गर्नुअघि धीरकुमार श्रेष्ठ, विश्व सिग्देल लगायतले सत्य सनातन कुटी माथिको जङ्गलमा पीपलको एउटा बोट पनि रोपेका थिए।

कार्यक्रममा भीष्म उप्रेती, दिव्य गिरी, रोशन शेरचन, धीरकुमार श्रेष्ठ, रामगोपाल आसुतोष, राधिका कल्पित, विनिशा सापकोटा, मनोज न्यौपाने, प्रेमिला राई, पुरुषोत्तम घिमिरे, कञ्चन जीआर मगर, श्रीराम दाहाल, सञ्जय सुमन, चन्द्रबहादुर लामा, शैलेन्द्र सिग्देल, विश्व सिग्देल र रमी प्रियाले पर्यावरणसम्बन्धी कविता र मुक्तक वाचन गरेका थिए।

कार्यक्रममा कवि चन्द्रबहादुर लामाले अङ्ग्रेजी भाषामा अनुवाद गरेको कवितामध्ये भीष्म उप्रेती, धीरकुमार श्रेष्ठ र रोशन शेरचनको कविता कविहरू आफैंले सुनाएका थिए।

कार्यक्रमको समापन गर्दै सत्य सनातन बाबाले प्रकृतिमाथि जथाभावी आक्रमण गरेर वन विनाश गर्नु सम्पूर्ण मानव सभ्यतालाई नष्ट गर्नु हो भन्ने विचार राखे।पृथ्वीमा रहेका आकाश, वायु र जल पनि प्रकृति हुन् र यिनको संरक्षण गर्नु हाम्रो कर्तव्य हाे। हरेक वर्ग र क्षेत्रबाट प्रकृतिमाथि भइरहेको जथाभावी गतिविधिको अन्त्य गर्दै स्वाधिनता, वैभव र समृद्धिको निम्ति सबैले खट्नुपर्ने पनि उनले बताए।

साहित्यकार दिव्य गिरीकाे अनुसार रमी प्रियाले सञ्चालन गरेकाे कार्यक्रममा सञ्चारकर्मी, काव्यप्रेमीका साथसाथै नवीन थापा, अर्जुन भुसाल, रामचन्द्र राई, राजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेकाे थियो। काव्य  पाठको समयमा बाँसुरीवादक विमल कार्कीले बाँसुरीको धुन प्रस्तुत गरेर कार्यक्रमकाे राैनक थपेका थिए।

प्रकाशित: २४ जेष्ठ २०८१ ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App