२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

अभिनेता पल भन्छन्: फिल्म 'पुजार सार्की' मेरो करिअरको महत्त्वपूर्ण साबित हुनेछ

अभिनेता पल शाहले प्रहरीसँगको मुठभेडको दुई फोटो सामाजिक संजालको फेसबुकमा पोष्ट गरेका छन्। 

मंगलवार पलले बिहानै फेसबुकमा फोटो सार्वजनिक गरेका हुन्। फोटोमा उनी बुढो देखिएका छन्। उनको यो तस्बिर हो फिल्म ‘पुजार सार्की’ को। 

‘मेरो करियरमा महत्वपूर्ण चलचित्र ‘पुजार सार्की’ साबित हुनेमा म ढुक्क छु। मैले केही दिन अगाडी पनि भनेको थिएँ कि म अर्को चलचित्र ‘रावायण’को छायाङ्कनका कारण ‘पुजार सार्की’को प्रचारमा प्रत्यक्ष सहभागी हुन सकेको छैन’, उनले अगाडि भनेका छन् ‘मेरो भूमिका र प्रचारको सहभागिताका विषयमा मेरा शुभेच्छुकहरुले देखाउनु भएको चासो र चिन्ताप्रति नतमस्तक छु।’ 

उनले फिल्मको छायांकनको कारण संचार माध्यममा प्रत्यक्ष उपस्थित भएर समाचारको बिषय बन्न नसक्नुको बाध्यता बुझिदिन समेत अनुरोध गरेका छन्।

‘आज मैले ‘पुजार सार्की’मा मेरो अभिनयबाट यो तस्बिर सार्वजनिक गरेको छु। यो तस्बिरबाट तपाईले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ। यसअघि पनि तपाईँले मेरो चरित्र चित्रण हुने तस्बिरलाई नै लिएर देखाउनु भएको प्रेम अतुलनीय छ’ उनले थपे।

फिल्म ‘पुजार सार्की’ यहि जेठ १० गते बिहिबारबाट सार्वजनिक प्रदर्शनमा आउदैछ। दिनेश राउत निर्देशित फिल्म सुवाष भुषालले निर्माण गरेका हुन्। फिल्ममा पलको अलवा प्रदीप खड्का र आर्यन सिग्देलको समेत अभिनय छ।

प्रकाशित: ८ जेष्ठ २०८१ १०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App