२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

रिस उठे कागज फ्याँक्नू

यस्ताे पनि!

फाइल तस्वीर

जापानका अध्येताहरूले नकारात्मक घटनाका कारण उब्जेको रिसलाई मत्थर पार्न एउटा कागज नै काफी छ भन्छन्। उनीहरूका अनुसार रिस उठेपछि एउटा कागज लिने, त्यसलाई कच्याककुचुक पार्ने र डस्टबिन (फोहोर फ्याँक्ने भाँडो)मा हाल्ने। यो प्रक्रिया केहीबेरसम्म जारी राखे तपाईंको रिस मत्थर हुन्छ।

नागोया विश्वविद्यालयका अध्येता नोबुयुकी कवाई भन्छन्, ‘यसो गर्दा तपाईंको रिस तत्काल अन्त्य हुन्छ। तपाईं किन रिसाएँ भन्ने नै बिर्सनु हुन्छ।’

उनको यो अध्ययन साइन्टिफिक रिपोर्टस्मा हालै प्रकाशित भएको छ। रिपोर्टमा लेखिएको छ, तपाईं साह्रै रिसाउनु भएका बेला भौतिक सामग्रीहरूसँग गरिएको अन्तरक्रियाले मान्छेको संवेगलाई नियन्त्रण गर्न सकिन्छ। उसको मूड तुरुन्त बन्छ। यसलाई प्रायोगिक रूपमा हेर्न ५० जना विद्यार्थीलाई अध्ययनमा सहभागी गराइएको थियो। उनीहरूलाई सार्वजनिक स्थलमा हुने धूमपान र आफूलाई परेको समस्याजस्ता महत्वपूर्ण  सामाजिक समस्याबारे लेख्न लगाइएको थियो।

एउटा समूहले लेखेको थियो भने अर्को समूहले लेखेको थिएन। साँच्चिकै त्यस्ता घटना भएको वा भोगेको अवस्थालाई पुनः महसुस गरी लेखिएको कागजलाई कच्याककुचुक पारी फोहोरको भाँडोमा फ्याँक्न लगाइयो। त्यसपछि ती दुवै समूहको मानसिक शान्तिको मापन गरियो। यस्तो गर्दा जसले आफ्ना भावना लेखेका थिएनन् र यत्तिकै त्यो घटना मनमा राखेका थिए, उनीहरूको तुलनामा कागजलाई कच्याककुचुक पारी फोहोरमै फ्याँक्नेहरूमा मनको शान्ति बढी रहेको पाइयो।

अध्येता कवाई रिसको बेला मानिसले सरसामान फुटाल्ने कारण पनि यही रहेको उनको धारणा छ। जब मानिस रिसाउँछ, त्यो बेला आफ्ना अगाडि हात परेको सामग्री रिस उठाउने व्यक्तिको प्रतिमाजस्तो बन्न पुग्छ। त्यसलाई फुटालेपछि उसको मन शान्त हुने बताउँछन्।

त्यसो त संसारका कतिपय मुलुकमा र भारतमै पनि प्रेममा असफल भएको वा ट्रयाजेडी परेकाहरूका लागि सरसामग्री फुटाउन दिने रेस्टुराँहरू पनि खुलेका छन्। त्यहाँ सिसा फुटाउन घन दिइन्छ र त्यो फुटालेपछि उनीहरूको मन शान्त हुन्छ।

जापानको नागोया क्षेत्रमै पनि हाकिदासी संस्कृति छ, वार्षिक रूपमा मनाइने सो पर्वका बेला सहभागीहरूले साना साना प्लेट वा सरसामग्रीहरू फुटाल्ने गर्छन्। यसरी फुटाल्दा आनन्द आउने सो पर्वमा भाग लिनेहरूले बताउने गरेको अध्ययन निष्कर्षको पेपरमा जनाइएको द गार्डियनले लेखेको छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २९ चैत्र २०८० ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App