१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

रङ्गमञ्च

कविता

म अहिले रङ्गमञ्चको

पर्दाभित्र छु

दर्शकहरूको ठुलो भिडको अगाडि

निर्देशकको इसारामा

घोकेका डायलग बोल्नु

विभिन्न भावभङ्गीमा

आफूलाई प्रस्तुत गर्नु

रङ्मञ्चको यो क्षण

जीवनमा भेटिएका

पात्रहरूसँगको

अनौठो संयोग

मेरो जिम्मेवारी बनेको छ।

रङ्गमञ्चमा भएकै कारण

देखिने, भेटिने र बोलिने

अनेक थरि चरित्रसँग

मेरो अगाध स्नेह छ,

बडाे आत्मीयता छ।

बिना तुकका

आँखा झिम्क्याइ

ओठ बङ्ग्याइ

आँसु झराइ

अट्टाहास हाँसो

मलाई व्यर्थ लाग्छन्।

जानेको हुँ

रङ्गमञ्चमा उभिएर

रिहर्सल गर्न

गाह्रो छ र पनि

फगतको नियतिमा फसेर

दर्शकको ताली पाउन

लालायित चर्चित पात्र म

अहिले रङ्गमञ्चमा छु

जीवनको विशेष रङ्गमञ्चमा।

प्रकाशित: २२ चैत्र २०८० ११:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App