२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

इलाममा लेकाली सम्मानित

इलाम साहित्य महोत्सव २०८० को अवसरमा इलाम नगरपालिकाले साहित्यकार राधेश्याम लेकालीलाई नगद पन्ध्र हजार राशिसहित सम्मान गरेको छ। लेकाली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय पूर्व अध्यक्ष, साहित्यिक पत्रकार संघ, शंकर लामिछाने प्रतिष्ठान र इलाम समाज काठमाडौंका अध्यक्ष हुन्।

यसैगरी कलाकार कोमल निरौला र मूर्तिकार विष्णुप्रसाद श्रेष्ठ पनि सम्मानित भए। तीनै जनालाई नगद पन्ध्र हजार राशिसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो।

उनीहरूलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राई र इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले सम्मान गरेका थिए।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा दुई दिने ‘इलाम साहित्य महोत्सव’ को आयोजना गरिएको हो। “पर्यटनका लागि साहित्य’’ भन्ने नाराका साथ थालिएको महोत्सवमा नेपाल र भारतका साहित्यकार, विश्लेषक, लेखक र कलाकारको सहभागिता रहेको छ।

महोत्सवमा नेपाल र भारतका दुई सय बढी साहित्यकार, लेखक, राजनीतिकर्मी लगायतको सहभागिता रहेको छ।

इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा भइरहेको महोत्सवमा साहित्यकार, कलाकार, विश्लेषक, चिन्तक, राजनीतिकर्मी लगायतलाई एकै थलोमा जमघट गराई बहस छलफल थालिएको छ।

कार्यक्रममा राजनीति, साहित्य, पर्यटन, पर्यावरण, नाटक जस्ता विधामा बहस राखिएको छ भने विचार, कविता, गजल वाचन महोत्सवको आकर्षणको रूपमा रहेको छ।

प्रकाशित: १८ चैत्र २०८० ११:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App