१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो संस्करण हुँदै

फाइल तस्वीर

‘सामाजिक रूपान्तरणका लागि रंगमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारासहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२५ (निटफेस्ट)को तेस्रो संस्करण आयोजना हुने भएको छ। बिहीबार निटफेस्टका संयोजक केदार श्रेष्ठले तेस्रो संस्करण आगामी वर्षको चैतमा विश्व रंगमञ्च दिवसमा हुने जानकारी दिए।

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो संस्करण आगामी वर्ष चैतमा विश्व रंगमञ्च दिवसको दिन आयोजना हुने भएको छ,’ उनले भने, ‘सामाजिक रूपान्तरणका लागि रंगमञ्चः रैथाने ज्ञानको उज्यालो अवधारणाका साथ आगामी वैशाखमा महोत्सवको लागि नाटक आवेदन खुल्नेछ। महोत्सवमा देश विदेशका करिब तीन दर्जन नाटक मञ्चन गरिने तथा थिएटरसम्बन्धि विभिन्न कार्यशाला, अन्तर्क्रिया र मास्टरक्लास लगायत कार्यक्रम हुनेछन्।’

आयोजक मण्डला थिएटरले दुई वर्षको अन्तरालमा निटफेस्टको आयोजना गर्दै आएको छ। थिएटर र शान्तिको संस्कृतिको प्रवद्र्धन गरेर मण्डला थिएटरले बुधबार विश्व रंगमञ्च दिवस मनाएको थियो। सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सरकारले संस्कृति नीति निर्माण गर्न लागिरहेको उल्लेख गर्दै त्यसमा रंगमञ्चको मूल्य र महत्वसहित उल्लेख गर्न पहल गर्ने बताए।

विश्व रंगमञ्च दिवसको अवसरमा आयोजित ‘आगामी नाट्य महोत्सवका सम्भावना तथा अपेक्षित आयामहरू’ विषयक अन्तक्र्रियामा रंगकर्मी, पुस्कर गुरुङ र अनुप सुवेदीले थिएटरको मूल्य र महत्त्वको प्रवद्धनका लागि तथा रंगकर्मीको क्षमता र उत्साह वृद्धिका लागि महोत्सव आवश्यक रहेको बताउँदै महोत्सव सबैको लागि  हुनुपर्ने बताए। 

प्रकाशित: १६ चैत्र २०८० ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App