१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सय करोड क्लबमा अजयको ‘शैतान’

अजय देवगन र आर माधवनको फिल्म ‘शैतान’को बक्स अफिसमा दबदबा जारी छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्म ‘शैतान’ सय करोड क्लबमा परेको छ। यस फिल्मले भारतीय बक्स अफिसमा सय करोड भारु भन्दा धेरैको कमाइ गरेको छ।

शैतानले ओपनिङ डेमा १४ करोड ७५ लाख भारु कमाएको थियो। त्यस्तै पहिलो हप्तामा नै फिल्मले उत्कृष्ट कमाई गरेको थियो।

अजय देवगन र आर माधवन अभिनित फिल्मले भारतमा मात्रै होइन विदेशमा पनि राम्रो व्यापार गरिरहेको छ। विश्वव्यापी कमाइको कुरा गर्ने हो भने फिल्मले १३७ करोड ९८ लाख भारु कमाइसकेको छ।

यो फिल्मको निर्देशन विकास बहलले गरेका हुन् । यो गुजराती फिल्म ‘वाश’ को हिन्दी रिमेक हो। यसमा ज्योतिका र जानकी बोडिवालाको समेत महत्त्वपूर्ण भूमिका छ।

प्रकाशित: ६ चैत्र २०८० १५:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App