२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीलाई पूर्णिमा साहित्य रत्न सम्मान

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले वरिष्ठ समालाेचक, साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीलाई पूर्णिमा साहित्य रत्न -२०७९ पुरस्कारबाट सम्मान गर्ने भएकाे छ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका आजीवन सदस्यहरूको सदस्यता रकमबाट जम्मा भएको कोषलाई व्यवस्थापन गरी पूर्णिमा साहित्य रत्न पुरस्कार स्थापना गरिएको हो।

उक्त पुरस्कार २०७० बाट हरेक वर्ष प्रदान गर्न थालिएको हो। ११,१११/- रूपैयाँ नगद राशिबाट सुरू भएको यो पुरस्कार पछिल्लो समय अक्षयकोष स्थापना गरी अक्षयकोषबाट आउने ब्यायजबाट पुरस्कार प्रदान गर्न थालिएको छ। केही वर्षदेखि यो पुरस्कारको राशि २५,५५५/- रूपैयाँ पुगेको छ।

यसअघि प्रेमप्रकाश मल्ल, सनत रेग्मी, दिनेश अधिकारी, महेशविक्रम शाह, नयनराज पाण्डे, माया ठकुरी, रेशम विरही, श्रेष्ठ प्रिया पत्थर आदि स्रष्टालाई प्रदान गरिएको थियाे। 

नेपाल प्रज्ञाप्रतिष्ठान आख्यान विभागको आयोजना र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सहकार्य एवं कोहलपुर नगरपालिकाको सहयोगमा आउँदाे फागुन २६ गते कोहलपुरमा आयोजित आख्यानको कार्यक्रममा यो पुस्कार प्रदान गरिने भएकाे छ।

प्रकाशित: ११ फाल्गुन २०८० १४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App