१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

पानी बाराबारको अवस्थामा पुगेको पल र पूजाको सम्बन्ध सुध्रिएको हो ?

अभिनेता पल शाहसँग रिसाएकी अभिनेत्री पूजा शर्माले पलको जन्मदिनमा शुभकामना दिँदै सामाजिक सञ्जालमा एक पोष्ट गरिन्।

पूजाले मध्यरात ठिक १२:०० बजे स्टाटस पोस्ट गर्दै पललाई जन्मदिनको शुभकामना दिएकी हुन्। कुनै पल पलसित आफू रिसाए पनि अहिले मित्रता झनै मजबुत भएको उनले बताएकी छन्।

पूजाले पललाई जन्मदिनको शुभकामना दिँदै लेखेकी छिन्, 'प्रिय पल, जिन्दगीको गोरेटोमा हामीले सहयात्रा गर्दै गर्दा कैयौँ बाधा आए। कति पटक हामी एकसाथ रोयौँ र कहिले एकसाथ हाँस्यौँ पनि। कुनै पल तिमीसँग म रिसाएँ, कहिले तिमी मसँग रिसायौ । तर, पनि हामीले हाम्रो चोखो मित्रतालाई टुट्न दिएनौँ। आज हाम्रो मित्रता अझै मजबुत भएको छ। तिमी बलियो भएका छौँ। तिमीले दर्शकबाट पाएको अथाह प्रेम देख्दा म आफू नै हर्षित भएकी छु। ‘म यस्तो गीत गाउँछु’ बाट सुरु भएको हाम्रो फिल्मी यात्रा ‘म यस्तो गीत गाउँछु २’ हुँदै अझै अगाडि बढ्दैछ। आज तिम्रो विशेष दिनमा म धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। तिमीले चालेका हरेक कदमले सफलता चुमोस्। जन्मदिनको धेरै धेरै शुभकामना।'

त्यसो त पल शाह जेलबाट निस्किएदेखि नै उनीहरूको सम्बन्ध राम्रो नभएको हल्ला चलेको थियो।  पल शाह जेलबाट निस्किएदेखि झन्डै एक वर्ष उनीहरूबिच पानी बाराबारको अवस्था थियो। तर पूजाको यो पोस्टले उनीहरूको सम्बन्धमा सुधार आएको सङ्केत गर्दछ।

पल र पूजा अभिनीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुनै लाग्दा बलात्कार मुद्दा पल जेल परे। त्यसबेला पूजा पलको पक्षमा खुलेर उत्रिएकी थिइन्। फिल्म रिलिजमा पलको तस्बिर अङ्कित टिसर्ट लगाएर पूजा हल–हलमा पुगेकी थिइन्। त्यसबेला उनलाई फिल्म चलाउन नाटक गरेको आरोप लागेको थियो।

गत वर्ष पलको जन्मदिनमा पूजा केक बोकेर काठमाडौँबाट जेलभित्रै पुगेकी थिइन्।  र वर्थ डे सेलिब्रेसन गरिन्। तर पल जेलबाट निस्केसी भने उनीहरूको सम्बन्धमा एकाएक दरार आयो। न पूजा पललाई भेट्न गइन्, न पल नै पूजालाई भेट्न गए।

यतिसम्मकी एउटा अवार्ड समारोहमा दुवैले एकसाथ अवार्ड थापेका थिए। तर, पूजा पलसित नबोली हिँडेकी थिइन्। 

तर अहिले पूजाले एकाएक पलको जन्मदिनमा शुभकामना दिँदै पोस्ट गर्नाले उनीहरूको सम्बन्धमा सुधार आएको देखिन्छ। 

प्रकाशित: ११ फाल्गुन २०८० १३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App