५ असार २०८१ बुधबार
image/svg+xml
कला

कथाकार अनन्त अर्यालको अलिखित पाना’ बजारमा

कथाकार अनन्त अर्यालको ‘कथासंग्रह अलिखित पाना’ बजारमा आएको छ। कथा, लघुकथा, कविता,आलेख जस्ता साहित्यका विविध विधामा कलम चलाउने अर्यालको अलिखित पानामा ११ कथा सङगृहीत छन्। पच्चीस वर्षअघि लेखिएका उनका कथाहरूले त्यतिबेलाको समयलाई टपक्क टिपेका छन्।

उनले कथामा समाजको यथार्थ पक्षको सुन्दर ढङ्गले चित्रण गरेका छन्। विषयवस्तु, पात्रविधान, तात्त्विक संरचना र प्रस्तुति सबै दृष्टिले कथा बेजोड बनेका छन्। सरल र स्वाभाविक भाषाशैलीमा लेखिएका उनका मर्मस्पर्शी कथाहरूले पाठकलाई सँगसँगै हिंडाउन सक्षम छन्।

कथाका वालिङ, स्याङ्जामा जन्मिएका उनले नेपाली विषयमा एमए,एमएड गरेका छन्। शिक्षण पेशामा आबद्घ उनका ‘म आलोच्य छु’ (२०६०) र ‘अनन्त यात्रा’(२०७७) गरी दुई कवितासंग्रह प्रकाशित छन्।

आँधीखोला साहित्य सदन, वालिङ, स्याङ्जा अध्यक्ष, गुप्ततारा स्मृति प्रतिष्ठान, वालिङ, स्याङ्जा अध्यक्ष, स्याङ्जा साहित्य प्रतिष्ठान आजीवन सदस्य र वालिङ प्रज्ञाप्रतिष्ठानका  सदस्य रहेका उनले ‘सगुन’ साहित्यिक पत्रिका सम्पादन गरेका छन्।

प्रकाशित: ११ फाल्गुन २०८० ०९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App