१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

लघुकथाकार पौडेलको अन्तर्दृष्टिको लोकार्पण

साहित्यकार किशन पौडेलको हिन्दीमा अनूदित लघुकथासङ्ग्रह अन्तर्दृष्टिको फेसबुकको माध्यमबाट लोकार्पण भएको छ।

पंख प्रकाशन दिल्लीबाट प्रकाशित उक्त अन्तर्दृष्टि सङ्ग्रह पौडेलका नेपाली भाषामा प्रकाशित र अप्रकाशित केही लघुकथाको अनूदित सङ्ग्रह हो।

नेपाली साहित्यलाई विश्व साहित्यमा पुर्‍याउन उनको यो एउटा सानो प्रयास रहेको उनले बताए।

भारतका वरिष्ठ समालोचक एवं लघुकथाकार डा. बलराम अग्रवालले भूमिका लेखेको उक्त सङ्ग्रहको आवरण डिजाइन पोखराका कवि कलाकार रमेश श्रेष्ठले गरेका हुन् भने हिन्दीमा अनुवाद लेखक आफैंले गरेका हुन्।

बालिका आदिका अग्रवालको हातबाट अन्लाइनमार्फत साे कृतिकाे लाेकार्पण गरिएकाे थियो।

प्रकाशित: १० फाल्गुन २०८० १४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App