१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

सम्झिए सर्जक कृष्ण जोशी र योगेश वैद्यलाई

वासु शशी स्मृति परिषद्ले वरिष्ठ सर्जक कृष्ण जोशी र गीतकार, सङ्गीतकार एवं गायक योगेश वैद्यलाई सम्झना गरेकाे छ।

परिषद्का अध्यक्ष वरिष्ठ सर्जक गणेश रसिकको सभा अध्यक्षतामा आयोजित सो सभामा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गीतकार दिनेश अधिकारी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले दुवै सर्जकबारे आआफ्नो मन्तव्य राखेका थिए।

गायिका रीता महर्जनले संचालन गरेको सो कार्यक्रममा संस्थाका सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा वासु शशी स्मृति परिषद्ले नेपाली साहित्यमा क्रियाशील तीन सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। यसपटक वासु शशी साहित्य सम्मान–२०८० वरिष्ठ गीतकार किरण खरेललाई र ‘वासु शशी साहित्य पुरस्कार–२०८०’ पुरस्कार प्रतिसरा सायमीलाई प्रदान गरिने पनि घोषणा गरिएको थियो।

यसैगरी यसैपटक स्थापना गरिएकोकृष्ण सरस्वती साहित्य पुरस्काहरू डा. विष्णु राईलाई प्रदान गरिने पनि जानकारी गराइएको थियो।

सो सम्मान तथा पुरस्कार वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८८औं जन्मजयन्तीको अवसरमा आगामी चैत १३ गते प्रदान गरिने र उक्त पुरस्कारको राशि २५ हजार रूपैयाँ रहेको परिषद्का सचिव प्रद्युम्न जोशीले बताए।

उनले राधेश्याम लेकालीको संयोजकत्वमा प्रद्युम्न जोशी र सुमन वर्षा रहेको तीन सदस्यीय समितिको सिफारिसमा सो निर्णय गरिएको पनि बताए।

वासु शशी साहित्य पुरस्कारबाट यसअघि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा,  शैलेन्दुप्रकाश नेपाल, इन्दिरा प्रसाई, राधेश्याम लेकाली, मोमिला र श्यामल पुरस्कृत भएका छन्।

यसैगरी वासु शशी स्मृति सम्मानबाट वरिष्ठ साहित्यकारहरू तीर्थराज वन्त, डा. मोहनहिमाशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीता केशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य, शैलेन्द्र साकार, हिरण्य भोजपुरे र डा.गोपीकृष्ण खतिवडा सम्मानित भएका छन्।

कार्यक्रममा वरिष्ठ साहित्यकारहरू हिरण्यकुमारी पाठक, नरेन्द्रबहादुर श्रेष्ठ, प्रमोद प्रधान, जयदेव भट्टराई, तुलसीहरि कोइराला, प्राडा गोविन्दमानसिंह कार्की, मुरारी सिग्देल, सुन्दर जोशी, छविरमण सिलवाल, श्याम प्रधान, अनुपम रोशी, गीता कार्की, सुमन वर्षा, हरिश कल्पित, सुदर्शन श्रेष्ठ, नवीन शाही, रुद्र अधिकारी, सरस्वती गौतम लगायत सरस्वती जोशी र तैयरा वैद्यका परिवारजनको उपस्थिति रहेको थियो।

प्रकाशित: ७ फाल्गुन २०८० १०:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App