गायक तथा मोडल दुर्गेश थापाले प्रस्तुति दिइरहँदा दर्शकले जुत्ता प्रहार गरेका छन्। दुर्गेशमाथि जुत्ता प्रहार भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
शनिबार राति स्याङ्जामा आयोजित वालिङ महोत्सवमा प्रस्तुति दिइरहेका थापामाथि जुत्ता प्रहार भएको हो।
प्रस्तुति दिइरहेका थापामाथि पछाडिबाट जुत्ता प्रहार भएको भिडियोमा देख्न सकिन्छ। दर्शकले हानेको जुताले थापाको टाउकोमा लागेको छ। जुताले टाउकोमा लागेपछि पनि थापाले आफ्नो प्रस्तुतिलाई भने निरन्तरता दिइरहेका थिए। उनी दर्शकहरूसँग झुमी रहेको भिडियोमा देख्न सकिन्छ।
शनिबार वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको वालिङ महोत्सवमा दुर्गेशले आफ्नो प्रस्तुति दिएका थिए।
प्रकाशित: २९ माघ २०८० १३:४२ सोमबार



-600x400.jpg)

