१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

अवार्ड जितेको केहीबेरमै पक्राउ परे र्‍यापर किलर माइक

सङ्गित जगतको विश्वप्रसिद्ध ग्रैमी अवार्ड जितेका र्‍यापर किलर माइकलाई प्रहरीले पक्राउ गरेको छ। सोमवार अमेरिकाको लस एन्जल्स एरिनामा आयोजित ग्रैमीमा ३ वटा विधामा ग्रैमी अवार्ड जितेका माइकलाई प्रहरीले पक्राउ गरेको हो।

लस एन्जल्स प्रहरीले सामाजिक सञ्जालमा किलर माइक जसको जन्मको नाम माइकल रेन्डर हो तीनलाई ‘मिसडिमिना ब्याट्री’ अर्थात् कार्यक्रम स्थलमा कुटाकुट गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिएको थियो।

पक्राउ परेको केही बेरमै माइकलाई प्रहरीले रिहा गरिदिएको थियो।

पक्राउ पर्नुभन्दा अगाडी माइकले ३ वटा विधामा गै्रमी पाएपछि मञ्चमाथि ग्रामोफोन ट्रफी दर्शकलाई देखाएर खुशीहाली मनाइरहेका थिए।

प्रकाशित: २३ माघ २०८० ०७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App