१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
कला

सबै नेता छन् काम गर्न कोही अघि सर्दैनन्!

मुक्तक

 १) मुक्तक
सबै नेता छन् काम गर्न कोही अघि सर्दैनन्,
नेतालाई अरूले गरेको काम मन पर्दैनन्।
हाम्रो देश पछाडि परिसक्यो सारा उठौं भाइ हो,
को पछि छ यहाँ नारा लगाउन कोही पछि पर्दैनन्।

 २) मुक्तक
शहीद महान छन् को भन्दैन सबै जोसँग कुर्लेको हुन्छ,
सबैले हात हातमा आआफ्ना शहीद बोकेको हुन्छ।
या! जताततै शहीदका शहीद फुकेको पाइन्छ,
त्यो कतै छैन वास्तविक शहीद लुकेको हुन्छ।

३) मुक्तक
सुनियो जताततै विकासै विकास भएको रहेछ,
गाउँ नगर टुँडिखेल बाटोघाटो हो रहेछ।
असाध्यै रमाइलो लाग्यो यो त आहा गजब भयो,
सारा खुशी भयाैं त्यो त गाउँविकास समिति पो रहेछ।

४) मुक्तक

संसारले विकास गरे भने हामी मात्रै के कम छौं र,
अरूले गरेको कुरा के हामीले गरेको भन्छौं र।
हो त नि हगि! साँच्चै कति विकास गरेका रहेछन्,
गरे त गरे गरेर के नापे तिनले गरेको हामीले गरेको भन्ठान्छौं र।

प्रकाशित: १९ माघ २०८० १३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App