२० असार २०८१ बिहीबार
image/svg+xml
कला

गायिका रचना रिमाल सवार गाडी दुर्घटना

फाइल तस्बिर

गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ।

नेपालगन्जबाट दाङको लमही महोत्सवका निम्ति हिँडेकी रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जीपलाई वाग्मती प्रदेश ०३–०१ ख २११८ नम्बरको ट्रकले बाँकेको टिस्टानजिकै ठक्कर दिएको हो।

उनी नेपालगन्जबाट दाङको लमही महोत्सवमा जाँदै थिइन्। उनको अवस्था भने सामान्य रहेको बताएकी छिन्।  

उनले दुर्घटनाबारे फेसबुकमार्फत जानकारी दिंदै लेखेकी छिन्,“आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामी सवार गाडीलाई विपरीत दिशाबाट आइरहेको ट्रकले ठक्कर दियो। गाडीमा केही क्षति पुगेको छ। यात्रुहरू हामी सबै सकुशल छौँ। साथै, आज लमही महोत्सवमा हुने भनिएको मेरो सांगीतिक प्रस्तुति भोलि रहने सबैमा जानकारी गराउँदछु। आज उपस्थित हुन नसकेकोमा क्षमा चाहन्छु।”

प्रकाशित: १४ माघ २०८० १३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App